कीवर्डहरू -

ह्वाट्सएपमा अब एनिमेटेड स्टिकरसँगै क्युआर कोडको पनि सुविधा

ह्वाट्सएपमा अब एनिमेटेड स्टिकरसँगै क्युआर कोडको पनि सुविधा

म्यासेजिङ एप ह्वाट्सएपले आगामी हप्तामा केही नयाँ फिचर रोलआउट गर्ने घोषणा गरेको छ । ह्वाट्सएपले एनिमेटेड स्टीकर, क्युआर कोड तथा डार्क मोडको सुविधा ल्याउने घोषणा गरेको हो ।

ह्वाट्सएपको एनिमेटेड स्टिकरको फिचरबाट अरुलाई एनिमेटेड स्टीकरहरु पठाउन सकिने छ । अन्य केही म्यासेजिङ एपमा एनिमेटेड स्टिकरहरु लोकप्रिय छन् ।

त्यस्तै अर्को फिचर भनेको डार्क मोड हो । यो फिचर डेक्स्टप भर्सनमा उपलब्ध हुनेछ । त्यसैगरी ह्वाट्सएपमा आउन लागेको अर्को फिचर हो क्यु आर कोड ।

क्युआरकोडको सहयोगले ह्वाट्सएपमा अरुलाई जोड्नको लागि नम्बर इन्ट्री गर्नुको सोटो क्युआर कोड स्क्यान गरे पुग्नेछ । यसको लागि प्रत्येक अकाउन्टको लागि क्युआर कोड उपलब्ध हुनेछ ।

ह्वाट्सएपले ग्रुप भिडियो कल गर्दा सहभागीको भिडियो प्रेस गरेर होल्ड गर्न सकिने सुविधा पनि ल्याउन लागेको छ ।

हेर्नुहोस भिडियो !