कीवर्डहरू -

विराटनगर र धरानमा मिसकलकै भरमा किराना र तरकारी घर घरमा पुर्‍याउँदै गुद्री डटकम

विराटनगर र धरानमा मिसकलकै भरमा किराना र तरकारी घर घरमा पुर्‍याउँदै गुद्री डटकम

थोरै समयमा धेरै कार्य सम्पन्न गर्नु आजको प्रतिस्पर्धी समाजको आवश्यकता हो । समय अनुसार संचालित व्यक्तिले मात्र जीवनमा सफलता पाउन सक्दछ । तरकारी र किराना किनमेल जस्ता  सानातिना र अत्यावश्यक कामहरुले हाम्रो अधिक समय खपत गरेको हुन्छ ।

घरमा एक्लै भएको अवस्थामा होस् या त मौसमको प्रतिकुलता र कामको व्यस्थता भएर होस् , तरकारी र किराना जस्ता जरुरी सामान किन्न हामीले निकै कष्ट गर्दै आउनु परेको छ । अझ यो कोरोनाको माहामारिको बेला घर बाहिर गएर किनमेल गर्नु भनेको त आफ्नै ज्यानलाई जोखिममा पार्नु हो ।

यहि समस्यालाई मध्यनजर गर्दै गुद्री डटकमले विराटनगर र धरानमा मिसकलकै भरमा  तरकारी र किराना घर घरमा पुर्‍याउँने भएको छ । मिसकल आएको नम्बरमा कल ब्याक गरेर अर्डर लिए पश्चात त्यसको एक घण्टामा डेलिभर गर्ने गुद्री डटकमले बताएको छ । यो सुविधालाई देशभरी नै विस्तार गर्ने गुद्री डटकमको उदेश्य रहेको छ ।

विराटनगरका युवाहरुले सञ्चालन गरेको गुद्री डटकमले मिसकलकै आधारमा तरकारी र किराना घर घरमा पुर्‍याउँदै आएको छ । गुद्री डट कमको वेबसाइट तथा एप मार्फत पनि घरमै बसेर आफुलाई आवश्यक तरकारी र किराना मगाउन सकिने छ ।

गुद्रीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने वेबसाइटमा जानको लागि यहाँ क्लिक गर्नुहोस ।