कीवर्डहरू -

गूगलले प्ले स्टोरबाट हटायो २५ ओटो मोबाइल एप 

गूगलले प्ले स्टोरबाट हटायो २५ ओटो मोबाइल एप 

गूगलले प्ले स्टोरबाट २५ ओटा मोबाइल एपहरुलाई हटाएको छ । फेसबुक प्रयोगकर्ताको लगइन डिटेल चोरिरहेको जानकारी पाएपछि गूगलले फाइल म्यानेजर, वालपेपर, फ्ल्यासलाइट, वेदर, स्क्रीनसट, इडिटर लगायतका एपहरु हटाएको हो ।

साइबर सेक्युरिटी फर्म इभिनाले यी मोबाइल एपहरुले फेसबुक प्रयोगकर्ताको लगइन डिटेल चोरी गरिरहेको भनेर गूगललाई जानकारी गराएपछि गूगलले २५ ओटा एपहरु हटाएको हो ।

यी एपमा मालवेयर भएको र उक्त मालवेयरले फोन प्रयोग गर्दा फेसबुकको लगइन डिटेल स्टोर गर्ने गरेको थियो । प्ले स्टोरबाट हटाइएका प्राय एप १ लाख भन्दा बढी डाउनलोड भएका छन् ।

गूगलले प्ले स्टोरबाट हटाएका एपहरु

•    सुपर वालपेपर
•    पाडेनाटेफ
•    वालपेपर लेभल
•    कन्टोर लेभल
•    आई प्लेयर एण्ड आई वालपेपर
•    भिडियो मेकर
•    कलर वालपेपर
•    पेडोमिटर
•    पावरफुल फ्ल्यास लाइट
•    सुपर ब्राइट फ्ल्यास लाइट
•    सुपर फ्ल्यासलाइट
•    सोलिटायर
•    एकुरेट स्क्यानिङ अफ क्युआर कोड
•    क्लासिक कार्ड गेम
•    जङ्क फाइल क्लिनिङ
•    सिन्थेटिक जेट
•    फाइल म्यानेजर
•    कम्पोजिट जेट
•    स्क्रीनसट क्याप्चर
•    डेली होरोस्कोप
•    वुसा रिडर
•    प्लस वेदर
•    एनिमी लाइभ वालपेपर
•    आई हेल्थ स्टेप काउन्टर
•    कमडट टाइएपडट फिक्सन