कीवर्डहरू -

बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै

बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै

माउनटेक सोलुसनले बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना गरेको छ । बिग डेटा हडुप अनलाइन ट्रेनिङ असार २४ गते देखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।

यो अनलाइन ट्रेनिङ आगामी बुधबार बिहान ७ बजेदेखि सुरु हुनेछ । यस अनलाइन ट्रेनिङमा इन्जिनियर ज्ञानेश्वर बोहराले रिसोर्स पर्सनको भुमिका निर्वाह गर्ने छन् । बिग डेटा अनलाइन ट्रेनिङको शूल्क ४ हजार रुपैयाँ तोकिएको छ ।

बिग डेटा एक्सपर्ट बोहरा लिभिङ विथ आइसिटीको बरिष्ठ स्तम्भकार पनि हुन् । त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिस्ट समेत रहेका बोहोरा सरकारी सेवामा बिगत केहि बर्षदेखि इन्जिनियरको रुपमा कार्यरत छन् ।

यस ट्रेनिङको शूल्क ईसेवा वा बैंकबाट तिर्न सकिने छ । बिग डेटा हडुप अनलाइन ट्रेनिङको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।