कीवर्डहरू -

फेसबुक, क्यान महासंघ र आईजिआईबीच सहकार्य, नेपालका साना तथा मझौला उद्यमलाई सहयोग गर्ने

फेसबुक, क्यान महासंघ र आईजिआईबीच सहकार्य, नेपालका साना तथा मझौला उद्यमलाई सहयोग गर्ने

फेसबुकले क्यान महासंघ र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजिआई) को सहकार्यमा नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग गर्ने भएको छ ।

विश्वभर देखिएको कोरोना भाइरस महामारीको समयमा साना तथा मझौला उद्यमलाई सहयोग  गर्ने उदेश्यले फेसबुक, क्यान महासंघ र आईजिआई बीच सहकार्य भएको हो ।

साना तथा मझौला उद्यमलाई सहयोग गर्ने उदेश्यले  शुक्रबार क्यान महासंघ, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र फेसबुकले #बुस्टविथफेसबुक सहकार्यको घोषणा गरेका छन् ।

यस सहकार्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागले समेत सहयोग गर्ने छन् । भने एसएमईहरुले पार्टनरहरुको वेबसाइटमा ह्वाइट लिस्टेड कन्टेन्टहरु पनि होस्ट गर्न सक्नेछन् ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपाली अर्थतन्त्रको मेरुदण्ड एसएमईहरुलाई योगदान गर्न पाउदा क्यान महासंघ उत्साहीत भएको छ, यो कठिन समयमा डिजिटल टुल्स र प्लटेफर्महरु प्रयोग गरी उनीहरुको व्यवसायलाई पुनः जीवित गर्न सहयोग गर्ने बताए ।

यस सहयोगको हिस्साको रुपमा साझेदारहरुले जुलाई ३ मा पहिलो क्षमता अभिवृदि कार्यक्रमको आयोजना गरेका थिए । यसले कम्तिमा १० हजार एसएमई र नेपाली युवालाई डिजिटल अभ्यासमा उनीहरुको व्यवसायलाई सहयोग गर्न प्रशिक्षण प्रदान गर्नेछ ।

‘फेसबुकसँगको प्रवर्द्धनको उदेश्य भनेको वर्तमान आर्थिक चुनौतिहरुको बाबजुद पनि व्यवसायलाई मजबुद पार्न डिजिटल टुल्स, ज्ञान र सीपले उनीहरुलाई एकआपसमा सशक्त समुदायको निर्माण गर्न सहयोग पुर्‍याउनु हो’ फेसबुकमा भारत, दक्षिण तथा मध्ये एशियाका लागि नीति कार्यक्रम प्रमुख शेली ठकरालले भनिन् ।

फेसबुकसँग प्रवर्द्धनले साना तथा मझौला व्यवसायलाई उनीहरुको कथा सुनाउन र श्रोताको साथ वास्तविक सम्बन्ध निर्माण गर्न आवश्यक टुल्स दिने उनले बताइन ।

‘नेपालमा एसएमईलाई सहयोग पुर्‍याउन बहुपक्षीय सहकार्यको लागि सदैव सहयोगी रहेको छ, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले भने, ‘डिजिटल नेपाल फ्रमेवर्क सरकारको एक महत्वपूर्ण कार्यक्रम हो, जसले सरकारी- सार्वजनिक-निजि साझेदारीमा जोड दिएको छ’ ।