कीवर्डहरू -

सगरमाथाको आधार शिविरसम्म वाईफाई सेवा पुर्‍याउन ६ करोड ९९ लाख ९ हजार अनुदान 

सगरमाथाको आधार शिविरसम्म वाईफाई सेवा पुर्‍याउन ६ करोड ९९ लाख ९ हजार अनुदान 

नेपाल दूरसञ्चार प्राधिकरणले सगरमाथाको आधार शिविरसम्म इन्टरनेट सेवा विस्तार गर्न एभरेष्ट लिङ्क प्रालिलाई छनौट गरेको छ । योसँगै अब एभरेष्ट लिङ्क प्रालिले सगरमाथाको आधार शिविरसम्म वाईफाई सेवा सञ्चालन गर्नु पर्ने छ ।

प्राधिकरणले यो परियोजना ग्रामीण दूरसञ्चार विकास कोषबाट अगाडी बढाएको हो । गत बैशाखमै दूरसञ्चार प्राधिकरणले सगरमाथाको आधार शिविरसम्म वाईफाई सेवा विस्तार गर्न इच्छुक कम्पनीको लागि प्रस्ताव आह्वान गरेको थियो ।

प्रतिस्पर्धाको आधारमा एभरेष्ट लिङ्कलाई छनौट गरिएको प्राधिकरणले जनाएको छ । एभरेष्ट लिङ्कले आगामी ८ महिनामा आधार शिविरसम्म वाईफाई सेवा विस्तार गरी सक्नु पर्नेछ ।

यस परियोजनाको लागि एभरेष्ट लिङ्कले दूरसञ्चार प्राधिकरणबाट ६ करोड ९९ लाख ९ हजार २२० रुपैयाँ अनुदान पाउनेछ । कम्पनीले नाम्चेदेखि आधार शिविरसम्म अप्टिकल फाइबर इन्टरनेट समेत विस्तार गर्नु पर्नेछ ।

कम्पनीले दिनको ३० मिनेट निशूल्क वाईफाई सेवा दिनेछ भने त्यसपछि सशूल्क सेवा दिन पाउने छ ।