कीवर्डहरू -

ईसेवा प्रिभिलेज सदस्यता सुरु, कोरोना भाइरसको निशूल्क परामर्श देखि दुर्घटना बिमासम्मको फाइदा

ईसेवा प्रिभिलेज सदस्यता सुरु, कोरोना भाइरसको निशूल्क परामर्श देखि दुर्घटना बिमासम्मको फाइदा

नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले प्रिभिलेज सदस्यता नामक नयाँ योजना सुरु गरेको छ । कम्पनीले हिमालयन जनरल इन्स्योरेन्स, दामी म्युजिक, टप डक्टर्स नेपाल र बिधानासँगको सहकार्यमा ‘ईसेवा प्रिभिलेज सदस्यता’ नामक नयाँ योजनाको सुरुवात गरेको हो ।

ईसेवा प्रिभिजेज सदस्यताको मूल्य १८० रुपैयाँ तोकिएको छ । त्यस्तै ईसेवा प्रिभिलेज सदस्यता लिएपछि १५ रुपैयाँ क्यास ब्याक पाउन सकिने छ । क्यास ब्याक जुनसुकै बिल भुक्तानीको लागि प्रयोग गर्न सकिने छ ।

प्रिभिलेज सदस्यता लिएपछि दामी म्युजिक प्रिमियमको भौचर प्राप्त गर्न सकिने छ । त्यसपछि दामी म्युजिकको वेबसाइटमा गई रिडिम गरी दामी म्युजिक प्रिमियम एक हप्ता निशूल्क प्रयोग गर्न सकिने छ ।

त्यस्तै ईसेवा प्रिभिलेज सदस्यता लिएको दिनदेखि एक महिनासम्म यस वेबसाइटमा गई निशूल्क अनलाइन बुक गरी कोरोना भाइरस बारे जानकारी लिन सकिने छ । भने बिधाना हेल्थकेयर मार्फत ल्याब टेस्ट प्याकेजमा २५० रुपैयाँ देखि २६८० रुपैयाँसम्म छुट पाउन सकिने छ ।

\"\"

त्यसैगरी ईसेवा प्रिभिलेज सदस्यता लिने व्यक्ति अस्पताल भर्ना भएमा १ हजार देखि १० हजारसम्मको सहयोग पाउने छन् । यसमा ६० वर्ष उमेर माथिका व्यक्तिहरुको लागि अस्पताल भर्ना समावेश गरिएको छैन् ।

यस योजना नेपाल सरकार अन्तर्गत दर्ता भएका अस्पतालहरुमा मात्रै लागु हुने कम्पनीले जनाएको छ । यदि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएर रकम दाबी गर्नुपरेमा दाबी गरिएको १५ दिन पछाडी कोरोना भाइरस पुष्टि भइसकेपछि सहयोग रकम उपलब्ध हुनेछ ।

त्यस्तै ईसेवा प्रिभिलेज सदस्यतामा सहभागी भएपछि एकलाख सम्मको दुर्घटना बिमा प्राप्त गर्न सकिने छ । यो योजना आत्महत्या, मानसिक रोग, रक्सी, ड्रग्स तथा अन्य लागुपदार्थ प्रयोग गरिएको अवस्थामा र कानुन उल्लंघन गरेको पाइएमा बिमा रकम दाबी गर्न सकिने छैन् ।

ईसेवा प्रिभिलेज सदस्यता योजनामा सहभागी हुनको लागि सुरुमा ईसेवा एप खोलेर लगइन गर्नुहोस । त्यसपछि सर्च बारमा गएर ईसेवा प्रिभिलेज सर्च गरी यस योजनामा सहभागी हुन सकिने छ ।