कीवर्डहरू -

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ? 

यस वर्ष २ नयाँ विधा सहित ११ विधामा आइसिटी अवार्ड २०२० को नोमिनेशन खुल्ला छ

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ? 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८, २०७७ देखि सुरु भइसकेको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६, २०७७ ( तदनुसार जुलाई ३१, २०२०) गतेसम्म खुल्ला गरिएको छ । यस वर्ष २ नयाँ विधा सहित ११ विधामा आइसिटी अवार्ड २०२० को नोमिनेशन खुल्ला छ ।


अवार्डमा नोमिनेशन तथा आवेदन दिनको लागि आधिकारिक वेबसाइट ictaward.org मा गएर  सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।


१.स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाइ प्रवर्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुन अनुसार कम्पनी दर्ता भएर संचालनमा रहेको हुनुपर्नेछ ।

# यस विधामा बिगत ३ वर्ष (आर्थिक बर्ष २०७४/०७५ देखि २०७६/०७७) को अवधिमा दर्ता भएका कम्पनीहरुले आवेदन दिन सक्नेछन् । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

२. प्रडक्ट आइसिटी अवार्ड
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समुह  वा व्यक्तिले विकास गरेको आइटी प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।

# २०७६ वैशाखदेखि २०७६ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रोडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

३. राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा बिश्वबिध्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा प्रडक्टहरूलाई समावेश गर्न सकिन्छ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

४. इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड
कोभिड ( १९ महामारी द्वारा सिर्जित समस्याको नियन्त्रण तथा समाधान गर्ने प्रयास स्वरूप विकास भएका नयाँ इन्नोभेसनहरूलाई यस विधामा नोमिनेशन गर्न सकिनेछ । संकट समाधानमा इन्नोभेसन र प्रविधिको महत्वलाई दर्शाउने गरी विकास भएका यस्ता विभिन्न एप्लिकेशन, सफ्टवेयर, हार्डवेयर, रोबोटजस्ता प्रविधिहरू यस विधाको लागि योग्य मानिनेछन् ।

# यस विधामा नोमिनेशन (आबेदन) दिनको लागि माघ २०७६ देखि आबेदनको अन्तिम दिनसम्म सार्वजनिक भएका प्रविधि तथा इन्नोभेसनहरु हुनुपर्नेछ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

५. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो समयसम्म योगदान दिएका विशिष्ट व्यक्तिलाइ दिइनेछ ।

# यो अवार्डमा सूचना प्रविधि क्षेत्रमा विगत १५ वर्षदेखि योगदान दिइरहेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले पनि सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन (आबेदन) दिन सकिनेछ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

६. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ  । यस विधामा विदेशमा रहेर पनि सूचना प्रविधि क्षेत्रमा योगदान दिइरहेका नेपालीहरूले आबेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन(आबेदन) दिन सकिनेछ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

७. आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ ।

# यस विधामा नोमिनेशन दर्ता गर्न सूचना प्रविधिको क्षेत्रको उद्यमीको रुपमा कम्तिमा ५ बर्षदेखि क्रियाशील रहेको हुनुपर्नेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

८. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । आइटी क्षेत्रमा क्रियाशील महिला (उद्यमी, लिडर, म्यानेजर, इन्नोभेटर)हरूले यसमा आवेदन दिन सक्नुहुनेछ ।

# यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

९. मिडिया पर्सन आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मुख्य बिट बनाएर समाचार रिपोर्टिङ, सम्प्रेषण, प्रकाशनमा क्रियाशील पत्रकारलाई दिइनेछ ।  # कम्तीमा ३ वर्षको अनुभव भएका पत्रकारहरूले यसमा आवेदन दिन सक्नुहुनेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

१०. डिजिटल एजुकेशन आइसिटी अवार्ड
डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई  प्रदान गरिन्छ ।

#  विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थानहरूले यो विधामा आवेदन दिन सक्नेछन् । यस विधामा जो कोहिले सम्पूर्ण जानकारी उल्लेख गरेर नोमिनेशन (आवेदन) फाराम बुझाइदिन सकिन्छ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
सरकारी सेवा सुविधालाई प्रविधिमैत्री बनाउँदै छिटो, सहज र पारदर्शी रूपमा सेवा सञ्चालन गर्ने सरकारी संस्थालाई यो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।

# नागरिकलाई सेवा दिने सरकारी सस्था, प्राधिकरण, विभाग, स्थानीय निकाय लगायतको प्रतिनिधित्व गर्दै यस विधामा नोमिनेशन दिन सकिन्छ । यो विधामा नोमिनेसन बुझाउन यहाँ क्लिक गर्नुहोस ।

\"\"

हेर्नुहोस अवार्डको भिडियो प्रोमो :