कीवर्डहरू -

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

फेसबुक पेजमा मोबाइल, घडी तथा अन्य महङ्गो मूल्यका सामानहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको र यस्ता विज्ञापनको प्रलोभनमा नपर्न महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ ।

महानगरीय अपराध महाशाखाले एक सूचना जारी गर्दै सर्वसाधारणलाई सस्तो मूल्यमा सामान पाइने भन्दै फेसबुक लगायतका पेजमा प्रकाशित फेक विज्ञापनको प्रलोभनमा नपर्न अनुरोध गरेको हो ।

\"\"

महाशाखाको सूचनामा भनिएको छ, ‘फेसबुक पेजमा आइफोन, वानप्लस र अन्य ब्राण्डका मोबाइल घडी तथा अन्य महँगा सामानहरू अत्यन्त सस्तो मूल्यमा विक्रीमा छ, स्टक लिमिटेड छ भनि विज्ञापन गरी ग्राहकहरूलाई विभिन्न बैंकका खाताहरू उपलब्ध गराउने तथा आइएमई गर्न भन्ने र खातमा पैसा जम्मा भएपश्चात अर्डर गरेको सामान डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय छ ।

यस्ता घटनाको उजुरी परेपछि अनुसन्धानको काम भइरहेको पनि महानगरीय अपराध महाशाखाले जनाएको छ ।