कीवर्डहरू -

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटबाट प्राप्त गर्न सकिने

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटबाट प्राप्त गर्न सकिने

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटमै प्राप्त गर्न सकिने भएको छ । यसको लागि आई पे रेमिट र ईसेवा बीच डिजिटल कारोबारका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा आई पे रेमिटको तर्फबाट कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका हुन् । अब सिस्टम इन्ट्रिग्रेसन पश्चात आई पे रेमिटका आठ हजार भन्दा बढी भुक्तानी काउन्टरबाट सजिलै ईसेवा वालेटमा पैसा जम्मा गर्न सकिने छ ।

यस्तै आई पे रेमिट मार्फत नेपालभर पठाएको रकम ईसेवा वालेटबाट सजिलै प्राप्त गर्न सकिने छ । आई पे रेमिटले मलेसिया, जापान लगायत विश्वका विभिन्न मुलकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।