कीवर्डहरू -

लकडाउनमा टिकटक र नेटफ्लिक्स चलाउने शतप्रतिशतले वृद्धि

लकडाउनमा टिकटक र नेटफ्लिक्स चलाउने शतप्रतिशतले वृद्धि

नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनको कारण इन्टरनेट खपतमा वृद्धि भएको छ । लकडाउनअघि ५०० गिगाबिट प्रतिसेकेण्ड इन्टरनेट व्याण्डविथ आइरहेको नेपालममा अहिले ५५० गिगाबिट प्रतिसेकेण्ड व्याण्डविथ खपत भइरहेको छ ।


सबैभन्दा बढि इन्टरनेट व्याडविथ खपत गुलल र फेसबुकमा भएपनि नेपालमा टिकटक र नेटफ्लिक्सको प्रयोग लकडाउन अवधिमा शतप्रतिशत (१०० प्रतिशत)ले वृद्धि भएको एक तथ्यांकले देखाएको छ । मंगलवार प्रविधि पत्रकार मञ्चले आयोजना गरेको वेविनारमा बोल्दै एनपिनगका अध्यक्ष समित जन थिङले उक्त जानकारी दिएका हुन ।

\"\"


कार्यक्रममा इन्टरनेट खतपको ग्राफ प्रस्तुत गर्दै नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोयले लकडाउनमा इन्टरनेट खपत बढेको जानकारी दिए । यसैगरी लकडाउन अवधिमा अनलाइन गेमिङ र मनोरञ्नात्मक कन्टेन्टहरुमा इन्टरनेटको प्रयोग बढेको देखिएको छ ।


नेपालमा पछिल्लो वर्ष २३ प्रतिशतले इन्टरनेट ट्राफिक बढेको जनले जानकारी दिए । लकडाउनमा मात्रै हेर्दा समग्रमा ३५ प्रतिशतले इन्टरनेटको प्रयोग बढेको देखिएको छ । यसैगरी रातको ८ बजेको समयमा सबैभन्दा धेरै इन्टरनेट ट्राफिक हुने गरेको तथ्यांक छ । नेपालमा २७ प्रतिशत इन्टरनेट विदेशबाट आयात भइरहेको र ७३ प्रतिशत नेपालभित्रै रहेका सर्भर र डेटा सेन्टरहरुबाट इन्टरनेटको प्रयोग भइरहेको तथ्यांक दिइएको छ ।

\"\"


नेपालमा अहिले चिनको रसुवागणीबाट केहि इन्टरनेट व्याण्डविथ आयात गरिएपनि अधिकांश भारतबाट बिरगञ्ज, भैरहवा, दुहवी, टनकपुर र ढल्केवरबाट आयात गर्ने गरिन्छ । अहिले नेपालमा आयात हुने इन्टरनेटको मुल्य ६ डलर हाराहारीमा रहेको प्राधिकरणका रोयले जानकारी दिए । अन्य देशहरुमा १ डलर र त्यो कमको हाराहारीमा मुल्य भएपनि भारतबाट नेपाल आउदा ६ डलर पर्ने गरेको छ । तर यो मुल्य विगत वर्षहरुभन्दा आधा सस्तो हो ।