एप्पलले चिनियाँ एप स्टोरबाट चिनियाँ ४५०० गेमिङ एप हटाएको छ । चिनियाँ सरकारले आफ्नो इन्टरनेट पोलिसी पालन गर्न दबाब दिएपछि एप्पलले एप स्टोरबाट ४५०० गेमिङ एप हटाएको हो ।
गत हप्ताको दुई दिनमै एप्पलले ३००० भन्दा बढी चिनियाँ गेमिङ एप चीनको एप स्टोर हटाएको थियो । नयाँ नियम अनुसार गेम डेभलपरहरुले चिनियाँ नियमनकर्ताबाट उनीहरुको एप चीनको एप्पल एप स्टोरमा अपलोड गर्नु अघि स्वीकृती लिनु पर्ने हुन्छ ।
चीनले एक वर्षमा १५०० गेमिङ एपलाई मात्रै लाइसेन्स स्वीकृत गर्दछ र यो प्रक्रियालाई ६ महिनादेखि १ वर्ष लाग्छ । एप्पलले जुलाई १ मा १५७१ वटा गेम्स हटाएको छ भने जुलाई २ मा १८०५ र जुलाई ३ मा १२७६ गेमिङ एपलाई एप स्टोरहरूबाट हटाएको छ ।