कीवर्डहरू -

सेमेस्टर परिक्षाअब भर्चुअल माध्यमबाटै, विश्वविद्यालयहरुले थाले तयारी

सेमेस्टर परिक्षाअब भर्चुअल माध्यमबाटै, विश्वविद्यालयहरुले थाले तयारी

विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । कोरोना भाइरस महामारीको कारण बन्द रहेको सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल माध्यमबाट लिन सकिने भएको हो  ।

उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप, २०७७ स्वीकृत भएर विश्वविद्यालय अनुदान आयोगले निर्देशिका समेत जारी गरेपछि विश्वविद्यालयले भर्चुअल माध्यमबाट परीक्षा सञ्चालन गर्न सक्ने भएका हुन् ।

विश्वविद्यालय अनुदान आयोगले यो परीक्षा प्रणाली सधैका लागि नभएर विशेष सङ्कटका बेलाका लागि मात्रै बनाएको बताएको छ । निर्देशिका अनुसार यदि कुनै कारण गर्दा परीक्षा लिन सकिएन भने आन्तरिक मूल्याङ्कनको आधारमा माथिल्लो सेमेस्टर कक्षामा पठाउन सकिने छ ।