कीवर्डहरू -

एप्पलको सस्तो आईफोन एसई अर्को सातादेखि नेपालमा, यस्तो छ मूल्य  

एप्पलको सस्तो आईफोन एसई अर्को सातादेखि नेपालमा, यस्तो छ मूल्य  

जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले अर्को सातादेखि आईफोन एसई २०२० नेपाली बजारमा उपलब्ध गराउने भएको छ । एप्पलको लागि नेपालको आधिकारिक बितरक  जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले आईफोन एसई नेपालमा भित्र्याएको हो ।

नेपालमा आईफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । नेपालमा आईफोन एसईको सबैभन्दा सस्तो मूल्य ६८ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यस्तै १२८ जीबी स्टोरेज भेरियन्टमा रहेको आईफोन एसईको मूल्य ७६ हजार ५०० रुपैयाँ तोकिएको छ । भने २५६ जीबी स्टोरेज भेरियन्टमा रहेको आईफोन एसईको मूल्य ९२ हजार ५ सय रुपैयाँ पर्ने बताइएको छ ।

४.७ इन्च रेटिना एचडी डिस्प्ले रहेको यो फोन सन् २०१६ मा सार्वजनिक भएको आइफोन ८ जस्तै रहेको छ । यसमा ए १३ बोयोनिक प्रोसेसरको प्रयोग गरिएको छ । जसलाई कम्पनीले फास्टेस्ट स्मार्टफोन चीप भनेर दाबी गरेको छ ।

यो कालो, रातो र सेतो रङमा उपलब्ध रहेको छ । फोनमा होम बटन सहित फास्ट चार्जिङको समेत सुविधा रहेको छ । यसमा ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने एप्पलको भनाई छ ।

यस फोनमा एप्पलले १२ मेगापिक्सेलको सिंगल क्यामेरा राखेको छ ।  जुन क्यामेराले फोर के भिडियो क्याप्चर गर्न सकिन्छ । आइफोन एसईमा ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

आईफोन एसईसँगै कम्पनीले १३ इन्चको म्याक बुक प्रो, आइफोन इलाभेन, इलोभेन प्रो, म्याक्स र आईप्याड २०२० पनि सार्वजनिक गर्ने बताएको छ ।