कीवर्डहरू -

भिभो वाई थर्टी स्मार्टफोन नेपालमा, यस्ता छन् फिचर 

भिभो वाई थर्टी स्मार्टफोन नेपालमा, यस्ता छन् फिचर 

भिभोले नेपाली बजारमा नयाँ फोन वाई थर्टी सार्वजनिक गरेको छ । यसमा ६.४७ इन्चको एलसीडी स्क्रीन रहेको छ । भिभो वाई थर्टीमा मिडिया टेकको हेलियो पी ३५ एमटी ६७६५ प्रोसेसर प्रयोग गरिएको छ ।

यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । जसमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ । भने ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य २७ हजार ९ सय ९९९ रुपैयाँ रहेको छ ।

भिभोको वाई थर्टीमा १३ मेगापिक्सेल क्यामेरा सहित ४ वटा रियर क्यामेरा छन् । भने त्यस्तै ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध रहेको छ । यसमा फिङ्गरप्रिन्टको पनि सुविधा रहेको छ ।

त्यस्तै वाई थर्टीमा ५ हजार एमएएचको ब्याट्री ब्याकअप रहेको छ । भने यस फोन एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा आधारित रहेको छ ।