नेपाली ई-कमर्श कम्पनी ग्यापु मार्केटप्लेसले जी बार सञ्चालनमा ल्याउने भएको छ । अल्कोहल र तयारी खाजा चौबीसै घण्टा डेलिभरी गर्ने उदेश्यले असार २५ गते बिहीबारदेखि कम्पनीले भर्चुअल जी बार सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार लकडाउनका कारण बार तथा रेष्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सन्चालनमा ल्याइएको हो । जी बार मार्फत ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरीको सेवा दिने बताइएको छ ।
जी बार एउटा भर्चुअल बार हो । जहाँ ग्राहकले घरमै मेनु पाउने छन् र आफुलाई आवश्यक सामग्रीहरु ग्यापु डटकम बाट अर्डर गर्न सक्नेछन् । ग्राहकले फेसबुक पेज तथा ९८०१८५५५४९ मा फोन गरेर वा ह्वाट्सएपमा म्यासेज गरेर समेत अर्डर गर्न सक्ने छन् ।
जी बारको ओपनिङ अफर अन्तर्गत असार २५ र २६ गते एकहजार दुईसय भन्दा बढी खरिद गर्ने सबै ग्राहकहरुलाई दुईसय रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्कासँगै तयारी खाजामा म:म, सुकुटी फ्राइ, बफ चिकेन चिल्ली, फ्राई राइस, बदाम साँधेको उपलब्ध हुनेछ । भने लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी दिइने छ ।
ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, ईसेवा, खल्ती, प्रभुपे, आइएमई पेबाट भुक्तानी गर्न सक्नेछन । त्यस्तै ग्राहकले डेलिभरिको समयमा कुनै पनि डेबिट वा क्रेडिट कार्ड स्वाइप गरेर वा नगद समेत दिन सकिने सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।