कीवर्डहरू -

११५५ टोल फ्रि नम्बरमा फोन गरेर बाढीको जानकारी लिन सकिने

११५५ टोल फ्रि नम्बरमा फोन गरेर बाढीको जानकारी लिन सकिने

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले बाढीको जानकारी दिन असार १ गतेदेखि टोल फ्रि नम्बरको व्यवस्था गरेको छ ।

सरकारले टोल फ्रि नम्बरको व्यवस्था गरेसँगै अब सर्वसाधारणले ११५५ मा निशूल्क फोन गरेर नदीमा पानीको सतह र बहाबबारे जानकारी लिन सक्ने छन् । यो सेवा चौबीसै घण्टा उपलब्ध हुनेछ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले पनि हाल बाढी, पहिरो र डुबान बारे पूर्वसूचना दिन सुरु गरेको छ । हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको आगामी तीन दिनको बाढी प्रक्षेपण बुलेटिन विभागको वेबसाइट hydrology.gov.np मार्फत जारी गरिनेछ ।

त्यसैगरी नेपाल बाढी सूचना – नेपाल फ्लड अलर्ट नामक फेसबुक पेज तथा ट्विटर अकाउन्ट मार्फत बाढीका साथै बाढीजन्य अन्य सूचना समेत पाउन सकिने छ ।

बाढी तथा डुबानको क्षतिको लेखाजोखा गर्न ड्रोनको प्रयोग गर्ने सरकारको तयारी रहेको छ भने बाढीले प्रभावित गर्ने क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा म्यासेज पठाउने व्यवस्था समेत गरिएको छ ।