कीवर्डहरू -

अनरको नयाँ फोन अनर एट ए प्रो नेपालमा, यस्ता छन् फिचर

अनरको नयाँ फोन अनर एट ए प्रो नेपालमा, यस्ता छन् फिचर

नेपाली बजारमा अनर एट ए प्रो सार्वजनिक भएको छ । अनर एट ए प्रोमा ६.९ इन्च आईपीएस एलसीडी एचडी डिस्प्ले रहेको छ ।

यसमा मिडिया टेक एमटी ६७६५ हेलियो पी ३५ अक्टा कोर प्रोसेसर राखिएको छ । अनर एट ए प्रो एन्ड्रोइड पाई अपरेटिङ सिस्टममा आधारित इएमयुआई ९.० रहेको छ ।

अनरको यस फोनमा ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेजलाई मेमरी कार्ड राखेर ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

अनर एट ए प्रोमा १३ मेगापिक्सेलको रियर क्यामेरा रेको छ भने सेल्फीको लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । साथै यसमा थ्रिडी फेस अनलक र फिङ्गरप्रिन्ट सेन्सर उपलब्ध रहेको छ ।

यसमा आई कम्फर्ट, पावर सेभिङ मोड, रेडियो र टर्चको पनि सुविधा रहेको छ । अनर एट ए प्रोमा ३२२० एमएएचको ब्याट्री राखिएको छ । कालो र निलो कलरमा उपलब्ध रहेको यस फोनको मूल्य नेपाली बजारमा १५ हजार ६ सय ९९ रुपैयाँ रहेको छ ।