मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्यालय, सिजियाच्वांङग, चीन बिच शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ ।
२०७७ असार ०२ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हेबई अर्थशास्त्र तथा विजनेश विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्ग द्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
‘उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई सम्झौता मिति पश्चात सौहार्दपूर्ण तवरले दिर्घकालिन रुपमा लागुहुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको,’ विश्वविद्यालयका उप प्राध्यापक एवं सुचना तथा सञ्चार प्रविधि विज्ञ पञ्चदेव भट्टले भने, ‘यो सहकार्य पश्चात दुइटै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गरिनेछ जस अन्तर्गत दिर्घकालिन तथा समग्र सहयोगको परिधि अन्तर्गत रहेर बैज्ञानिक अनुसान्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिंग स्कलर आदान प्रदान हुनेछ’ ।
यसै गरि शैक्षिक पठन पाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरु समेत विश्वविद्यालय बिच आदान प्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालय अन्तर्गत रहेका विभाग तथा स्कुलहरु बिच समेत नजिकबाटट सहकार्य हुने बताइएको छ ।
यो सम्झौता पश्चात दुइवटै विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु सम्बन्धित विषय अन्तर्गत रहेर ट्रान्सफर गरि पढ्न सक्नेछन् जसले गर्दा उनीहरुको सिकाई सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पहुँच पुग्ने विश्वास रहेको छ ।
यो सम्झौतामा आधारित रहेर सहकार्यको प्रभावकारिता र उपयोगिताको दायरा लाई अझै फराकिलो पार्नका लागि अन्य सम्झौता समेत गर्न सकिने प्रावधान रहेको छ । जुन उच्च अधिकारीहरु संवाद, भ्रमण तथा छलफल मार्फत गरिने कुरा सम्झौतामा उल्लेख गरिएको छ ।
आईसीटी समाचार