कीवर्डहरू -

इभेन्ट, वेबिनार तथा मिटअपहरुको जानकारीको लागि एउटै गन्तव्य बन्दै इभेन्ट्स एनपी 

इभेन्ट, वेबिनार तथा मिटअपहरुको जानकारीको लागि एउटै गन्तव्य बन्दै इभेन्ट्स एनपी 

अब विभिन्न इभेन्ट, वेबिनार तथा मिटअपहरुको जानकारी इभेन्ट्स एनपी बाट नै पाइने भएको छ । इभेन्ट सर्च इन्जिनको रुपमा विकास गर्ने उदेश्यले इभेन्ट्स एनपी को सुरुवात भएको हो ।

यसबाट इभेन्टलाई प्रमोसन गर्न र इभेन्टको बारेमा अरुलाई विस्तृत जानकारी दिन सहज हुनेछ । इभेन्ट्स एनपीमा इभेन्ट निशूल्क रजिष्ट्रेसन गर्न, म्यासेन्जर च्याट बट मार्फत जानकारी दिन तथा इभेन्ट अपडेट गर्न सकिने लगायतका सुविधा रहेका छन् ।

ईभेन्ट्स एनपीको स्थापना ४ जना मुकुल श्रेष्ठ, विविश नेपाल, सेवक गौतम र कुनाल शाहले गरेका हुन् । इभेन्ट्स एनपीलाई इभेन्ट, वेबिनार र मिटअपहरुको एउटै गन्तव्य बनाउने उदेश्य रहेको इभेन्ट्स एनपी टिमका मुकुल श्रेष्ठले आइसिटी समाचारलाई बताए ।

उनले भने, ‘इभेन्टहरुको जानकारी दिन अहिले वेबसाइट मात्रै सञ्चालनमा ल्याएका छौँ, केही समय पश्चात हामीले यसको मोबाइल एप समेत ल्याउने तयारी गरेका छौँ’ ।

इभेन्ट्स एनपीले प्रयोगकर्तालाई इभेन्टको बारेमा अपडेट तथा जानकारी समेत दिने गरेको छ । इभेन्ट्स एनपीमा इभेन्ट, वेबिनार, मिटअपहरु दर्ता गर्न इभेन्ट्स एनपीको वेबसाइट मा गई सबमिट इभेन्ट अप्सनमा क्लिक गरी आफुले आयोजना गर्न लागेको इभेन्ट, वेबिनार तथा मिटअपको बारेमा जानकारी पठाउन सकिने छ ।