नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २० वटा प्रस्तावलाई कोभिड १९ प्रविधि विकास तथा अनुसन्धान अनुदान उपलब्ध गराउने भएको छ ।
नास्टले केही समय अगाडी एक सूचना प्रकाशित गरी कोरोना भाइरससँग लड्न प्रविधि विकास गर्नेलाई १० लाख रुपैयाँसम्म अनुदान दिने र त्यसको लागि प्रस्ताव गर्न आह्वान गरेको थियो ।
प्रस्ताव आह्वान गरेपछि नास्टमा १ सय १८ प्रस्तावहरु आएका थिए । जसमध्ये विज्ञको मूल्याङ्कनको आधारमा ३१ जनाको प्रस्ताव प्रस्तुतीकरण गराई अनुदान उपलब्ध गराउन गठित मूल्याङ्कन एवं छनौट समितिबाट योग्यताक्रमको आधारमा २० जना आवेदकहरुको प्रस्तावलाई कोभिड १९ प्रविधि विकास तथा अनुसन्धान अनुदान उपलब्ध गराउन सिफारिस भएको नास्टले जनाएको छ ।
त्यस्तै प्रविधि विकास तथा अनुसन्धान अनुदानको लागि पनि १३ वटा प्रस्ताव छनौट भएका छन् । १ सय ६२ वटा प्रस्तावहरु मध्ये विज्ञको मूल्याङ्कनको आधारमा २६ जनाको प्रस्ताव प्रस्तुतीकरण गराई अनुदान उपलब्ध गराउन गठित मूल्याङ्कन एवं छनौट समितिबाट योग्यताक्रमको आधारमा १३ जना आवेदकहरुको प्रस्तावलाई प्रविधि विकास तथा अनुसन्धान अनुदान उपलब्ध गराउन सिफारिस भएको नास्टले जनाएको छ ।
छनौट गरिएका प्रस्तावका आवेदकहरुले नास्टको प्रविधि संकायमा सम्पर्क गरी अनुदान सम्झौता गर्न आग्रह गरिएको छ ।
यस्ता छन् कोभिड १९ प्रविधि विकास तथा अनुसन्धानको लागि अनुदान पाउने प्रस्ताव
यस्ता छन् प्रविधि विकास तथा अनुसन्धानको लागि अनुदान पाउने प्रस्ताव