नबिल बैंकले डिजिटल बैंकको अवधारणामा ‘डिजी बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा अनलाइन कार्यक्रम मार्फत डिजी बैंकको घोषणा गरेको हो ।
बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।
कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए, जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मार्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको बताए ।
रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइसि आइसिआइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको पनि उनले भने ।
बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंकको लागि बैंकले स्थाई संरचना बनाएको छ ।
मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केहीसुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिब पद्दत्तिलाई चुनौति दिदै ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिब तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट शाहले व्यक्त गरे ।
कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै हुवावे टेक्नोलोजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेब शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै हुवावेले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे ।
कार्यक्रममा नबिल डिजि बैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आथिर्क सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश पारेका थिए ।