कीवर्डहरू -

कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

रुपनदेहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम असार २७ गते गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष गोमा तरामु  र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको उपस्थिति रहेको थियो ।

तीन चरणमा गरीएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कार्यक्रमको सफलताको शुभकामना दिँदै वित्तिय क्षेत्रका सबैकुरा सबैलाई जानकारी नभएको कारण बचत, लगानी तथा रेमिट्यान्सको बारेमा पनि जानकारी प्रदान गरे यो कार्यक्रम अझै प्रभावकारी हुने आशा व्यक्त गरे ।

\"\"

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोमा तरामुले वित्त भनेको धन यसको सदुपयोग गर्न सकेमा पछि आउने समस्या समाधान गर्न सहज हुने हुदा तालिम सबै  समुदायहरुमा पुग्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले वित्तीय साक्षरताको बारेमा बालबालिकालाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धि असल संस्कार, बानी व्यहोरा, आचरण सिकाउन थालेमा भोलीका दिनमा उनीहरुबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउने कुरामा विश्वस्त हुन सकिने बताए ।

कार्यक्रममा ५ वटा वडामा कार्यरत वडा अध्यक्ष, कर्मचारी विदेशबाट फर्किएका स्थानियहरुको सहभागीता रहेको  थियो।

प्रमुख प्रशिक्षक कृष्ण प्रसाद पन्थी तथा प्रशिक्षक द्वय सन्तोस गैरे र इश्वरी ज्ञवालीले कार्यक्रममा सहभागीहरुलाई वित्तीय साक्षरता के हो, यसभित्र के के कुराहरु छन्, वित्तीय साक्षरता कसको लागि आवश्यक, वित्तीय साक्षरताको महत्व, वित्तीय चेतना, उद्यमशीलता, मुलुकको अर्थतन्त्र, बचत र केवाईसीको बारेमा प्रशिक्षण दिएका थिए ।