इन्फोडेभल्पर्स प्रालिले नेपालमै पहिलो पटक वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु गरेको छ । कम्पनीले ईसेवा वालेट प्रयोग गरी सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु गरेको हो ।
सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको इन्फोडेभल्पर्स प्रालिले सहकारी संस्थाहरुको लागि विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । इन्फोडेभल्पर्स प्रालिसँग आवद्ध भएका सहकारी संस्थाहरुले वालेटबाट सहकारी संस्थाको खातामा रकम पठाउन सकिने सुविधाको प्रयोग गर्न सक्नेछन् ।
हाल इन्फोडेभल्पर्ससँग एकहजार सहकारी संस्थाहरु आवद्ध रहेका छन् । इन्फोडेभल्पर्सको यो सुविधासँगै अब बिना कुनै झण्झ्ट सजिलै खातामा रकम ट्रान्सफर गर्न सकिने छ ।