अमेरिकाको चीप मेकर कम्पनी क्वालकमले पनि भारतीय टेलिकम कम्पनी जियोमा ७३० करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ । यो लगानीसँगै जियोमा क्वालकमको ०.१५ प्रतिशत शेयर हुनेछ ।
भारतको टेलिकम कम्पनी जियोले गत १२ हप्तामा लगानीकर्ताबाट १५.७ अर्ब डलर भन्दा बढी रकम उठाएको छ । यसले जियो प्लेटफर्मलाई भारतीय ग्राहकहरुको लागि उन्नत फाइभजी पूर्वाधार र सेवाहरु ल्याउन सहयोग गर्ने क्वालकमले बताएको छ ।
क्वालकम भन्दा अगाडी फेसबुक, सिल्भर लेक, भिस्टा इक्वीटी, जेनेरल एट्लान्टिक, इन्टेल जस्ता विश्वका ठूला कम्पनीले पनि जियोमा लगानी गरिसकेका छन् ।