केही समय यता एसएमएसबाट ‘तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएकाले क्वारेन्टीन बस्न, सामाजिक दूरी कायम गर्न र पिसीआर परीक्षण गर्न’ भन्ने म्यासेज आएको हुदा उक्त म्यासेज झुठो भएकाले यसबाट सतर्क रहन प्रहरीले आग्रह छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले एक विज्ञप्ति जारी गर्दै एप्लिकेसन प्रयोग गरी यस्तो एसएमएस पठाएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।
सिआईबीले यस्ता एसएमएस सस्तो, पहुँच मैत्री हुनुका साथसाथै छली गर्ने, धोखाधडी गर्नेलगायतका आपराधिक मनोवृत्तिका व्यक्तिले यसको दूरुपयोग गरी पिडितलाई हानी नोक्सानी पुर्याउन सक्ने भएकाले सबै मोबाइल प्रयोगकर्ता सजग र सतर्क रहन अनुरोध गरेको छ ।
अनुसन्धान ब्यूरोले निम्न कुराहरुमा ध्यान दिए आफु अपराधको कारक तथा पीडित दुबै हुने जोखिमबाट अलग रहन सकिने बताएको छ ।