कीवर्डहरू -

रुपन्देही प्रहरीले हराएका तथा चोरिएका १० थान मोबाइल सम्बन्धित धनीलाई बुझायो

रुपन्देही  प्रहरीले हराएका तथा चोरिएका १० थान मोबाइल सम्बन्धित धनीलाई बुझायो

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न कम्पनीका १० थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

विभिन्न कम्पनीका मोबाइल चोरीएको तथा हराएको भनी प्राप्त निवेदनको आधारमा प्रहरीले आईएमईआई ट्रेस तथा सीडीआर एनालाइसिस गरी खोजतलास गर्ने क्रममा फेला पारेका १० थान मोबाइल मंगलबार सम्बन्धित धनीहरुलाई बुझाएको हो ।

फेला पारेका मोबाइलहरु जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाका प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले हस्तान्तरण गरेका हुन् ।