कीवर्डहरू -

आविष्कार केन्द्रमा परीक्षणको लागि तयार भयो न्यूमास्क

आविष्कार केन्द्रमा परीक्षणको लागि तयार भयो न्यूमास्क

राष्ट्रिय आविष्कार केन्द्रले परीक्षणको लागि न्यूमास्क तयार गरेको छ । कोरोना विरुद्ध लड्न पटक पटक प्रयोग गर्न सकिने न्यूमास्क आविष्कार केन्द्रमा तयार भएको हो ।

स्ट्यान्डफोर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ ओथका अनुसन्धाकर्ताहरुले तयार गरेको नयाँ मास्कलाई ‘न्यूमास्क’ नाम दिइएको छ । यस्तो खालको मास्क अमेरिका र युरोपमा पनि प्रयोग भएको छ ।

यो मास्क पानिमा पौडी खेल्न र डुबुल्की मार्नेहरुले प्रयोग गर्ने स्नोकेल मास्कलाई अलिकति बदलेर बनाइएको हो । स्ट्यान्फोर्ड विश्वविद्यालयको टीमले आविष्कार केन्द्रलाई डिजाइन र नमुना पठाएको र त्यसैको आधारमा जापानबाट ३० वटा स्नोकेल मास्क झिकाएर परीक्षणको लागि तयार गरेको आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिएका छन् ।

यो मास्क एन ९५ मास्क र भाइजर भन्दा बढी सुरक्षित हुने बताइएको छ । त्यसैले यो मास्क कोरोना संक्रमतित विरामीहरुसँग प्रत्यक्ष सम्पर्कमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई उपयोगी हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।