कीवर्डहरू -

एनसेलले ल्यायो इन्डलेस कुराकानी प्लस अफर, सुलभ दरमा कुराकानी गर्न सकिने 

एनसेलले ल्यायो इन्डलेस कुराकानी प्लस अफर, सुलभ दरमा कुराकानी गर्न सकिने 

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिप्रेड ग्राहकको लागि ‘इन्डलेस कुराकानी प्लस’ नामक नयाँ अफर ल्याएको छ । एनसेलले प्लस थिम अन्तर्गत यो अफर ल्याएको हो ।

यो अफरसँगै अब एनसेलका प्रिपेड ग्राहकले आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।

ग्राहकले ७ दिनको समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहित मात्र ९५.७७ रूपैयाँमा खरिद गर्न सक्नेछन् । यो प्याकमा ग्राहकले प्रति दिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् ।

त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहित मात्र १९१.५४ रूपैयाँमा १८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यस अफरमा ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक पनि रहेको छ । यस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ३८१.७९ रुपैयाँमा ४५०० मिनेट अन नेट टक टाइम लिन कम्पनीले बताएको छ । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्ने छन् ।

एनसेलका प्रिपेड ग्राहकले *१७११८*७# डायल गरी निर्देशन अनुसार यी प्याक सुचारु गर्न सक्नेछन । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । यसमा ७ दिनको प्याक लिन ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्नेछन् ।

यस अफर बारे एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामी निकै हर्षित छौं । यी आकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थप मुल्य प्रदान गर्ने विश्वास लिएका छौं ।’

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर ल्याई सकेको र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरी सकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको एनसेलले जनाएको छ।