कीवर्डहरू -

अब आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

अब आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै रियल टाइममा जम्मा हुने भएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राख्दै आईएमईले यस्तो व्यवस्था गरेको हो ।

अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँगै लिन सक्ने छन् ।

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईले यसको सुरुवात गरेको छ । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।