कीवर्डहरू -

अब भेटाएको मोबाइल फोन फिर्ता नगरे कारबाही हुने

अब भेटाएको मोबाइल फोन फिर्ता नगरे कारबाही हुने

भेटाएको मोबाइल फोन सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्री गरेमा कारबाही हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कसैले त्यस्तो भेटाएको फोन सेट सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेमा कारबाही गर्ने जानकारी दिएको हो ।

बुधबार एक सूचना जारी गर्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हराएको फोन सजिलै ट्रयाकिङ गर्न सकिने र यदि कसैले भेटाएको फोन सम्बन्धित व्यक्तिलाई नदिई बिक्री गरेमा कानून बमोजिम कारबाही हुने बताएको छ ।

प्राधिकरणका अनुसार यदि कसैले मोबाइल फोन भेटाएमा तुरुन्त फोनसेट सोही व्यक्तिलाई वा नजिकको प्रहरी कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सकिने छ । यदि कसैको मोबाइल फोन हराएमा प्राधिकरणको वेबसाइटमा गएर वा यहाँ क्लिक गरी निवेदन दिन सकिने छ ।

प्राधिकरणले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘प्राधिकरणको सिफारिसमा मात्र नेपालमा मोबाइल फोनसेटहरु आयात गरिन्छन । तसर्थ नेपालमा आयात भएका सबै मोबाइल फोनसेटको रेकर्ड नेपाल दूरसञ्चार प्राधिकरणसँग रहेको हुन्छ भने नेपालमा प्रयोग भईरहेका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुसँग रहेको हुन्छ’ ।