कीवर्डहरू -

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरु स्थगन गर्ने घोषणा गरेका छन् । बुधबार बसेको प्याबसन र एन प्याबसनको बैठकले बिहीबार देखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले आफ्ना शिक्षक- कर्मचारीहरुलाई बेतलवी घरबिदा दिने निर्णय पनि गरेको छ । सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चात मात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् ।

विद्यालय सुचारू भई आम्दानी सुनिश्चित भएपश्चात आनुपातिक हिसाबले बैशाख देखि असारसम्मको शिक्षक तथा कर्मचारीको तलबलगायत अन्य सुविधाहरु क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

यस्तो छ प्याब्सन र एन प्याब्सनको सयुक्त विज्ञप्ती

\"\" \"\"