कीवर्डहरू -

विद्युतीय कारोबार तथा अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शूल्क लाग्न सक्ने 

विद्युतीय कारोबार तथा अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शूल्क लाग्न सक्ने 

विद्युतीय कारोबार तथा अन्य बैंकको एटीएमबाट नगद झिक्दा शूल्क लाग्न सक्ने भएको छ । लकडाउनको कारण एटीएम तथा विद्युतीय कारोबार निशूल्क रहेकोमा अब भने यी सेवामा शूल्क लिने नलिने निर्णय बैंक तथा वित्तिय संस्थाहरुले आफै निर्णय गर्न सक्ने भएका हुन् ।

नेपाल बैंकर्स संघ, नेपाल डेभलपमेन्ट बैंकर एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा एक सूचना प्रकाशित गरी अन्तर बैंक एटीएम तथा विद्युतीय कारोबार शुल्कबारे बैंक तथा वित्तिय संस्थाहरुले आफै निर्णय गर्न सक्ने बताएका हुन् ।

यस्तै कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस, एनसीएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नै गर्ने जारी गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

\"\"