कीवर्डहरू -

पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेहको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा फेला परेको बताइएको छ ।

३३ वर्षिय सलेह एक वर्ष अगाडी न्युयोर्कको अपोर्टमेन्टमा सरेका थिए । उनको घरको सीसीटीभी फुटेजमा उनी लिफ्टमा प्रवेश गर्दा उनीसँगै मास्क लगाएको मानिस देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशी बुवाआमाका छोरा सलेहमा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिकामा सरेको थियो। अमेरिकामा कम्प्युटर इन्जिनियरिङ पढेका सलेहले पाँचवर्ष अगाडी साथीहरुसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओको स्थापना गरेका थिए । उनले नाइजेरियामा गोकाडा नामक अर्को मोटरसाइकल राइड सेयरिङ कम्पनी समेत खोलेका थिए ।