कीवर्डहरू -

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक भएको छ । ह्याक गरिएका केही ट्विटर अकाउन्टबाट एकहजार डलर क्रिप्टोकरेन्सी चन्दा स्वरुप पठाउन भन्दै ट्विट गरिएको थियो ।

ट्विटर अकाउन्ट ह्याक हुनेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेदवार जो बाइडन, अर्बपतिहरु बिल गेट्स जेफ बेजोस, एलन मस्क, माइकल ब्लुमवर्ग लगायतका रहेका छन् । साथै एप्पल तथा उबर संस्थाको अकाउन्ट समेत ह्याक भएको छ ।

\"\"

ह्याक भएका केही ट्विटर अकाउन्टमा लेखिएको छ, ‘ तपाई १ हजार डलर मलाई पठाउनहोस त्यसको बदलामा दुई हजार डलर म तपाईलाई पठाउछु । तर यस्ता पोष्टहरु केही समयमै हटाइएको छ । निलो 'टिकमार्क'  अर्थात भेरिफाइड अकाउन्टबाट अहिले थप ट्विट गर्न रोकिएको छ । ट्विटरले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।