कीवर्डहरू -

अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने , भुक्तानी पनि अनलाइनबाटै

अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने , भुक्तानी पनि अनलाइनबाटै

अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने भएको छ । यसको लागि सिमेन्ट जगतमै पहिलो पटक शिवम सिमेन्टले मोबाइल एप सार्वजनिक छ ।

शिवम सिमेन्टको मोबाइल एप प्रयोग गरी सजिलोसँग आफुलाई आवश्यकता भएको परिमाणमा सिमेन्ट खरिद गर्न सकिने भएको छ । शिवम सिमेन्टको मोबाइल एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ ।

शिवम सिमेन्टको मोबाइल एपबाट सिमेन्ट खरिद गर्दा भुक्तानीको लागि खल्ती, ईसेवा, कनेक्ट आईपीएस र क्यास अन डेलिभरीको सुविधा समेत रहेको कम्पनीले बताएको छ ।

शिवम सिमेन्टको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आईफोनको लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।