कीवर्डहरू -

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने कम्प्यूटर अपरेटर पक्राउ

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने कम्प्यूटर अपरेटर  पक्राउ

प्रहरीले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने घनकुटा घर भएका २८ वर्षिय दिवाकर देउजालाई बुधबार पक्राउ गरेको हो ।

उनि सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेका थिए । नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफुले आर्थीक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्‍याई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्‍याएको उजुरी परेपछि देउजा पक्राउ परेका हुन् ।

अनुसन्धानको सिलसिलामा ह्याकरले अनट्रेसेबल इन्टरनेट (Untraceable Internet) प्रविधिको प्रयोग गरी अनधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिई प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेको ब्यूरोले जनाएको छ ।

ब्यूरोले उनलाई धनकुटाबाट पक्राउ गरी बिद्युतिय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडी बढाउनको लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ । उनको साथबाट प्रहरीले दुई थान ल्याप्टप, दुई थान मोबाइल समेत बरामद गरेको छ ।