कीवर्डहरू -

सरकारी निकायहरुलाई माइक्रोसफ्ट विन्डोज सर्भर तत्काल अपडेट गर्न नेशनल सर्टको सुझाब

सरकारी निकायहरुलाई माइक्रोसफ्ट विन्डोज सर्भर तत्काल अपडेट गर्न नेशनल सर्टको सुझाब

राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह (नेशनल सर्ट) ले माइक्रोसफ्ट विन्डोज सर्भरलाई अपडेट गर्न सुझाब दिएको छ । राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूहले असार ३१ गते एक सूचना प्रकाशित गरी सरकारी निकायहरुलाई  माइक्रोसफ्ट विन्डोज सर्भर तत्काल अपडेट गर्न सुझाब दिएको हो ।

माइक्रोसफ्ट लगायत साइबर सुरक्षा संस्थाहरुद्वारा प्रकाशित एडभाइजरीबाट विन्डोज २००३ देखि विन्डोज २०१९ सम्मको डिएनएस सर्भरमा SigRed नामक जोखिम देखिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसलाई समाधान गर्नको लागि माइक्रोसफ्टले उपलब्ध गराएको प्याच अपडेट गरी सर्भरलाई सुरक्षित राख्न भनिएको छ । यही जुलाई १४ मा विन्डोज सर्भरमा ‘वर्मबेल’ नामक भल्नेराबिलिटी पत्ता लागेको थियो । यसले विन्डोज सर्भरलाई असर गरेको र नन विन्डोज सर्भरलाई भने असर नगरेको जानकारी दिइएको छ ।