कीवर्डहरू -

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी हुने एनओसी अब देखि अनलाइनबाटै पाइने 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी हुने एनओसी अब देखि अनलाइनबाटै पाइने 

विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेको हो । यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

कोरोना संक्रमण र लकडाउनका कारण एनओसी दिन रोक लगाइएको थियो । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेपछि मन्त्रालयले अनलाइन आवेदन दिने व्यवस्था गरेको हो ।

\"\"

एनओसी लिन चाहने विद्यार्थीले मन्त्रालयको तोकेको वेबसाइट http://noc.moest.gov.np/ मार्फत आवेदन दिन सक्ने सहप्रवक्ता दिव्या दवाडीले बताइन् । उनका अनुसार आवेदन स्वीकृत भए नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइने छ ।

आवेदन स्वीकृत भए विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्नेछ । ‘आवेदकलाई एनओसी लिने मिति इमेल मार्फत जानकारी गराइनेछ,’ उनले भनिन् ।

अनुमति पत्र लिन भने विद्यार्थी शाखामा उपस्थित हुनुपर्नेछ । अनलाइन आवेदनका कारण विद्यार्थी पटक/पटक शाखामा धाउनु पर्ने बाध्यताबाट मुक्त हुने विश्वास गरिएको छ ।