कीवर्डहरू -

स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर तिर्ने समय २ महिना थप

स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर तिर्ने समय २ महिना थप

स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर आठौ किस्ता तिर्ने समय २ महिना थपिएको छ । गत असार २९ गते बसेको मन्त्रीपरिषदको बैठकले स्मार्ट टेलिकमको इजाजत पत्रको नवीकरण दस्तुर आठौ किस्ता तिर्ने समय २ महिना थप गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले स्मार्टको इजाजत पत्रको नविकरण दस्तुर तिर्ने समय भदौ मसान्तसम्म थप गरिएको जानकारी दिएका हुन् ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा इजाजत पत्रको नवीकरण दस्तुर तिर्न समस्या भएको भन्दै स्मार्ट टेलिकमले निवेदन दिएको थियो । यसअघि स्मार्ट टेलिकमले असार मसान्तभित्र इजाजत पत्रको नवीकरण दस्तुर तिर्नुपर्ने समय रहेको थियो।