कीवर्डहरू -

एफटिटिएच सेवामा टेलिकमको अफर, १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना प्रयोग गर्न सकिने

एफटिटिएच सेवामा टेलिकमको अफर, १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना प्रयोग गर्न सकिने

नेपाल टेलिकमले साउन १ गतेदेखि लागु हुने गरी एफटिटिएच सेवामा नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ ।

टेलिकमले एफटिटिएचको डाटा प्याक अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छ । जसमा २० एमबीपीएसको एक महिनाको प्याक १२०० रुपैयाँ, तीन महिनाको ३६०० रुपैयाँ र १२ महिनाको १४,४०० रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यस्तै ५० एमबीपीएसको एक महिनाको प्याक १८०० रुपैयाँ, तीन महिनाको ५४०० रुपैयाँ र १२ महिनाको २१,६०० रुपैयाँमा उपलब्ध हुनेछ ।

टेलिकमले एफटिटिएचको कम्बो प्याक अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुनेछन् । जसमा १५ एमबीपीएसको एक महिनाको प्याक १००० रुपैयाँ, तीन महिनाको ३,००० रुपैयाँ र १२ महिनाको १२,००० रुपैयाँमा उपलब्ध हुनेछ ।

२५ एमबीपीएसको एक महिनाको प्याक १५०० रुपैयाँ, तीन महिनाको ४,५०० रुपैयाँ र १२ महिनाको १८,००० रुपैयाँमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक २००० रुपैयाँ, तीन महिनाको ६,००० रुपैयाँ र १२ महिनाको २४,००० रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ । यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ ।