कीवर्डहरू -

नेपाली बजारमा ओपो ए ५२ स्मार्टफोन, यस्ता छन् फिचरहरु

नेपाली बजारमा ओपो ए ५२ स्मार्टफोन, यस्ता छन् फिचरहरु

ओपोले नेपाली बजारमा ओपो ए ५२ स्मार्टफोन सार्वजनिक गरेको छ । ओपो ए ५२ मा ६.५ इन्चको एलसिडी फुल एचडी प्लस डिस्प्ले रहेको छ ।

यस फोनमा क्वालकमको स्न्याड्रयाग्न ६६५ प्रोसेसर राखिएको छ । ओपो ए ५२ मा चार जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

यसमा रियर क्वाड क्यामेरा सेटअप रहेको छ । जस अन्तर्गत १२ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा बाइड लेन्स, २ मेगापिक्सेल माइक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ सेन्सर उपलब्ध छन् ।

८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । फिंगरप्रिन्टको सुविधा रहेको यस फोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । नेपाली बजारमा ओपो ए ५२ को मूल्य २९ हजार ९ सय ९० रहेको छ ।