कीवर्डहरू -

बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप

बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ ।

यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिनेछ । यसको उदेश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउदै सरोकारवालाहरुको राय संकलन गर्नु रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए । २०७७ साउन ३ गते (जुलाई १८, २०२० तारिख) देखि सञ्चालन हुने वर्कशप साउन १४ गते अर्थात २९ जुलाइसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

\"\"

नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको सन्दर्भमा चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ । संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको रघुवंशीले बताए ।

भर्चुअल वर्कसपको पहिलो सेसन साउन ३ गते(२० जुलाई) शनिवार आयोजना हुनेछ । साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग वियमा बालबालिकासँग छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ । यस सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ । यो सेसन साउन ५ गते साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ ।

\"\"

तेस्रो सेसन साउन ८ गते बिहिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा युवा व्यक्तिहरुको नजरमा अनलाइन, यौन दुर्व्यवहार र बालबालिका तथा युवाको शोषण बारेमा युवा व्यक्तिहरुसँग छलफल हुनेछ । चौथौ सेसन साउन १० गते शनिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवाको नजरमा साइबर बुलिङ र हेट स्पीच विषयमा छलफल हुनेछ ।

कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गरेर मिटिङ आइडी तथा लिंक प्राप्त गर्न सकिनेछ ।

यसैगरी पाचाै सेसन साउन १२ गते सोमबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यसमा अनुचित अनलाइन सामग्री, बाल यौन दुर्व्यवहार र शोषन सामग्रीहरुको जोखिमको बारेमा दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिनेछ ।

छैठौ सेसन साउन १५ गते बुधबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भुमिका विषयमा सरोकारवाला तथा सरकारी  अधिकारिहरुसँग छलफल गरिनेछ ।

कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गरेर मिटिङ आइडी तथा लिंक प्राप्त गर्न सकिनेछ । कार्यक्रममा उठेका विषय, चासो र संवोधनलाई एकिकृत गर्दै संस्थाले रिपोर्ट प्रकाशन गर्नेछ ।

यसअघि अनलाइनबाटै लिइएको सर्वेक्षणलाई पनि समावेश गर्दै रिपोर्ट प्रकाशन गरेर सम्वन्धित निकायमा गर्नपर्ने सुधार, योजना र कार्यक्रमहरुको लागि ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ । कार्यक्रममा डिजिटल संवाद र लिभिङ विथ आइसिटीको सहकार्य र सहयोग रहेको छ ।