कीवर्डहरू -

भुक्तानी सेवा प्रदायकको नयाँ अनुमति दिने कार्य बन्द

भुक्तानी सेवा प्रदायकको नयाँ अनुमति दिने कार्य बन्द

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु सञ्चालन गर्न नयाँ अनुमति दिने कार्य स्थगन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस अघि सैद्धान्तिक सहमति प्रदान गरिएका बाहेक नयाँ अनुमति दिने कार्य स्थगन गरिएको बताएका हुन् ।

त्यस्तै भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक नपुर्‍याएमा र मासिक औसत कारोबार संख्या कम्तिमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न सकिने व्यवस्था मौद्रिक नीति रहेको छ ।