कीवर्डहरू -

अब एउटा बैंकको एटिएम कार्ड अन्य बैंकको एटिएम मेसिनमा निशूल्क प्रयोग सकिने

अब एउटा बैंकको एटिएम कार्ड अन्य बैंकको एटिएम मेसिनमा निशूल्क प्रयोग सकिने

अब एउटा बैंकको एटिएम कार्ड अन्य बैंकको एटिएम मेसिनमा निशूल्क प्रयोग सकिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

उनका अनुसार कोभिड १९ को असर रहेसम्मको लागि एक संस्थाको एटिएम कार्ड अर्को संस्थाको एटिएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाका एटिएमको कारोबार बीच अन्तरआवद्धता हुने व्यवस्था गरिने उक्त नीतिमा उल्लेख गरिएको छ ।