कीवर्डहरू -

बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाबको लागि अब छुट्टै पोर्टल

बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाबको लागि अब छुट्टै पोर्टल

बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाबको लागि छुट्टै पोर्टलको व्यवस्था गरिने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

उनका अनुसार सर्वसाधारणको बैंकिङ्ग सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाव यस बैंकको वेवसाइटमा छुट्टै पोर्टलमार्फत समेत प्राप्त गर्ने व्यवस्था गरिनेछ ।

नीतिमा भनिएको छ, ‘यस बैंकमा स्थापित वित्तीय ग्राहक संरक्षण इकाइमार्फत सबै प्रकारका गुनासा तथा सुझावहरुको कार्यान्वयन हुने व्यवस्था मिलाइने छ’ ।