कीवर्डहरू -

डिसहोमका सुदीप आचार्यको अध्यक्षतामा डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल गठन 

डिसहोमका सुदीप आचार्यको अध्यक्षतामा डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल गठन 

डिजिटल टेलिभिजन अपरेटहरुले डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल संस्था गठन गरेका छन् । डिजिटल टिभी अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षण गर्ने उदेश्‍यले यो संस्था गठन भएको हो ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यको अध्यक्षतामा नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल संस्था गठन भएको छ । यस संस्थामा म्याक्स टिभी, मेरो टिभी, भायो टिभी, ब्रोड टिभी, नेट टिभी, प्रभु टिभी र क्लियर टिभी सदस्य रहेका छन् ।

डिजिटल टिभी अपरेटर तथा उपभोक्ताको हक हितलाई मध्य नजर राखि आगामी तीन महिना भित्र लागुहुन गइरहेको क्लिन फिड नीतिलाई मन्त्रालयसँग समन्वय गर्ने पनि संस्थाले बताएको छ ।