कीवर्डहरू -

डिजिटल संवादको १५औं श्रृंखलामा आज इकमर्शको बारेमा छलफल हुदै 

डिजिटल संवादको १५औं श्रृंखलामा आज इकमर्शको बारेमा छलफल हुदै 

डिजिटल संवादको १५औं श्रृंखलामा नेपालमा इकमर्शले ल्याइरहेको परिवर्तन र अवस्थाको बारेमा छलफल हुदैछ । यस कायक्र्रममा नेपाल सरकार, सरोकारवाला, सेवा प्रदायक, उपभोत्ता अधिकार र प्रयोगकर्ताको सहभागितामा विभिन्न कार्यपत्र पस्तुतीसँगै अन्तकृया हुनेछ ।

आज दिउसो १ बजेदखि जुममार्फत सुरु हुने कार्यक्रममा सहभागि हुन [email protected] मा इमेल वा यो लिंकमा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ ।

E-Commerce coping the change to changing the mindset विषयमा हने आजको कार्यक्रममा वाणिज्य आपुर्ती तथा उपभोत्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, मन्चा डटकमका सस्थापक अम्रितमान तुलाधर, दराजका सिएफओ जशिसा गुग्ता श्रोत व्यत्तिको रुपमा रहेका छन । यसैगरी उपभोत्ता अधिकारको तर्फबाट माधव तिमल्सिना र युजीबजार डटकमका सह सस्थापक निकिता आचार्य पनि श्रोत्त व्यतिको रुपमा सहभागी हुनेछन । कार्यक्रममा ग्यापु मार्केटप्लेसका सिइयो ज्ञानेन्द्र खड्का  र नेपएक्सप्रेसका सिइयो संगम सिंहले इकमर्शमा नेपालको अवस्था, अभ्यास, अवसर र चुनौतीका विषयहरुमा कार्यपत्र प्रस्तुत गर्नेछन ।

नेपालमा सञ्चालनमा रहेका इकमर्श कम्पनीहरुको विशेष सहभागिता रहने कार्यक्रममा सरकारको योजना, पोलिसी र इकमर्शको विस्तारमा गर्नुपर्ने कुराहरुमा समेत छलफल हुने आयोजकले जनाएको छ ।
आज दिउसो १ बजेदखि जुममार्फत सुरु हुने कार्यक्रममा सहभागि हुन [email protected] मा इमेल वा यो लिंकमा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ ।

कार्यक्रम शनिवार ठिक १ बजेदेखि जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) मार्फत सञ्चालन हुनेछ । यसैगरी डिजिटल संवाद र  लिभिङ विथ आइसिटीको फेसबुक पेज लगायतबाट समेत कार्यक्रमको प्रत्यक्ष प्रशारण हुनेछ ।