कीवर्डहरू -

बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग बिषयमा आज पहिलो भर्चुअल वर्कशप हुदै

बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग बिषयमा आज पहिलो भर्चुअल वर्कशप हुदै

बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफको सहकार्यमा आजदेखि भर्चुअल वर्कसप आयोजना गर्दैछ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ ।


यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिनेछ । भर्चुअल वर्कसपको पहिलो सेसन आज शनिवार आयोजना हुनेछ । साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग बिषयमा बालबालिकासँग छलफल हुनेछ ।

कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गर्नुपर्नेछ भने यो लिंकमा गएर रजिस्ट्रेसन गरेर मिटिङ आइडी प्राप्त गर्न सकिनेछ ।


कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ । यस सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ । यो सेसन साउन ५ गते साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ ।


नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ । संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको चाइल्ड सेफनेटका अनिल रघुवंशीले बताए ।

कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गर्नुपर्नेछ भने यो लिंकमा गएर रजिस्ट्रेसन गरेर मिटिङ आइडी प्राप्त गर्न सकिनेछ ।

\"\"