कीवर्डहरू -

नेपालमा भएका प्रतिभालाई अनुसन्धानमा लगाउनु पर्छः महावीर पुन

नेपालमा भएका प्रतिभालाई अनुसन्धानमा लगाउनु पर्छः महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा भएका प्रतिभालाई अनुसन्धानमा लगाउनुपर्नेमा जोड दिएका छन् ।

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले नेपालमा विज्ञान र प्रविधिको मूलप्रवाहीकरण विषयमा आयोजना गरेको कार्यक्रम पुनले यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा बोल्दै अविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले विज्ञान र प्रविधि क्षेत्रका दुई कुरामा जोड दिनुपर्ने बताए । पहिलो कुरा भौतिक पूर्वाधार विकास गर्नुपर्ने र द्रोस्रो कुरा देशको आर्थिक विकास गर्नु पर्ने आवश्यक रहेको उनले बताए ।

पूर्वाधारको विकास सँगसँगै आर्थिक विकास हुने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र नेपालमा भएको प्रतिभालाई अनुसन्धानमा लगाउनु पर्नेमा पुनले जोड दिए ।

कार्यक्रममा फेस्ट कम्पनीका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले अनुसन्धान, अविष्कार र नैतिकतालाई नेपाली मानव संसाधनको प्रमुख विशेषताका रुपमा विकास गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै जरोकिलो महाअभियानका डा. निर्मलमणि अधिकारीले विज्ञान र प्रविधिको क्षेत्रका ४ कुरामा जोड दिनुपर्ने बताए । उनले वैज्ञानिक बुद्धि विकास, वैज्ञानिक अभिमुखिकरण, स्वदेशमा भएका साधन स्रोतको सदुपयोग र विज्ञान प्रविधिको क्षेत्रमा अविष्कार र स्थानीय रुपमै दिगो बनाउनु पर्ने बताए ।

फेस्टले लकडाउनमा निशुल्क नेपाली वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको थियो भने हाल सयौँ जनालाई निशुल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढाइरहेको छ ।

फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बधित जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था गर्ने काम पनि गरिरहेको छ ।